रतेउली/रतेली

ना. [रात+एउली/एली]

  1. बिहाका दिन दुलाहा अन्भाइसकेपछि दुलाहाका घरमा आइमाईहरू भेला भएर रातभर गरिने, स्त्रीपुरुषका बिचको प्रेमालापमा आधारित नाचगान, अभिनय आदिको रमाइलो; रत्यौली।
  2. दुलही भित्र्याउने दिन दुलाहातर्फबाट खुवाइने भोज; रतेली भोज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)