रसाउनु
अ.क्रि. [रस+आउ+नु]
- रसले युक्त हुनु; रस भरिनु; रसिलो हुनु।
- रस तपतपाउनु; रस चुहिनु।
- तरल पदार्थ अलिअलि गरेर निस्कनु।
- मनमा दया आदि पलाउनु।
- खुसी तुल्याउनु; रिझाउनु; प्रसन्न पार्नु।
- रसाइन लाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)