राज
ना. [सं. राज्य]
- राज्यको शासन वा व्यवस्था; राज्यसञ्चालनको कार्यभार वा दायित्व।
- हे. राजकाज।
- बस्ने कार्य (सम्मानार्थमा, जस्तै- यहाँ राज होस्।)
- राजा वा सरकारका अधिकारभित्रको इलाका; राज्य।[सं. राजन्]
- अन्य शब्दका पूर्व वा उत्तरपदका रूपमा प्रयोग भई, सर्वश्रेष्ठ, राजकीय, प्रधान, मुख्य आदि अर्थ बुझाउने शब्द (जस्तै- राजसभा, राजसत्ता, पण्डितराज, राजयोग, राजहाँस आदि)।
- राज्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)