राजीनामा
ना.
- आफ्नो हकमा रहेको घर-जग्गा आदि बिक्री गरेर खुसीसाथ छोड्ने काम वा सो छोड्दा ऐननियमअनुसार लेखिदिने कागत।
- कुनै पनि कर्मचारी वा सङ्घसंस्थाका सदस्यहरूले अशक्तता वा परिस्थिति देखाई आफू रहेको पद, अधिकार आदि छोड्ने काम; त्यसरी छोड्दा सम्बन्धित अड्डामा प्रस्तुत गर्ने त्यागपत्र; इस्तिफा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)