रातो जाँड

ना.

  1. नेवारजातिका विभिन्न पूजा-आजामा चाहिने, हकुवा चामलको खाजाद्वारा तयार पारिएको, धेरै समयसम्म राख्न सकिने र पुरानो हुँदै जाने, रातो रङ भएको विशेष जाँड (ह्याउँथो)। (यस्तो जाँड बनाउने घ्याम्पो रहेको घरमा चट्याङ पर्दैन भन्ने जनविश्वास छ र यो जाँड रजस्वला, पाठेघर आदिको स्त्रीरोगमा औषधीका रूपमा पनि प्रयोग गरिन्छ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)