राम
ना. [सं.]
- अयोध्याका राजा दशरथ र उनकी पटरानी कौशल्याका जेठा छोरा; रामचन्द्र।
- ईश्वर; भगवान्।
- प्रसिद्ध तीन रामका नाम (मर्यादापुरुषोत्तम राम, परशुराम र बलराम)।
- माना-पाथी आदिले अनाज भर्दा गन्तीको शुभारम्भका रूपमा एक जनाउने शब्द।
- जात्रा; रमाइलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)