रीति

ना. [सं.]

  1. कुनै काम गर्ने काइदा, किसिम वा ढङ्ग; परिपाठ।
  2. कामको परिपाटी वा पद्धति।
  3. पुर्ख्यौली चलन; रिवाज; प्रथा।
  4. विधान; नियम।
  5. साहित्यमा ओज, माधुर्य, प्रसाद आदि गुण उत्पन्न गर्ने विशिष्ट पदरचना (लाटी, गौडी, पाञ्चाली आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)