रुनु

अ.क्रि. [सं. रुद्]

  1. मन दुःखित भएर आँसु चुहाउँदै विलाप गर्नु; रुदन गर्नु; सुँक्कसुँक्क गर्नु वा डाँको छोड्नु।
  2. कसैको अप्रिय व्यवहारबाट हैरान हुनु।
  3. ज्यादै दुःखित वा खिन्न हुनु।
  4. कसैसँग गएर दुःखपुकारा गर्नु; मनको बह पोख्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)