रोक्नु
स.क्रि. [सं. रुध्+नु]
- भइरहेको कुनै कामकुरो बीचैमा छोड्नु; स्थगित गर्नु; रोक्का गर्नु।
- हुन लागेको कामकुरा हुन नदिनु; प्रतिबन्ध लगाउनु; निषेध गर्नु; मनाही गर्नु।
- भाँजी हाल्नु; छेक्नु, थुन्नु।
- सवारीसाधन आदिलाई अड्याउनु; अगाडि जान नदिनु; थाम्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)