रौद्र

ना. [सं.]

  1. आलम्बन शत्रु, उद्दीपन शत्रुको चेष्टा, दोष आदि, अनुभाव मुड्की हान्नु आदि, सञ्चारी भाव आँखा राता पार्नु, आवेग, सेखी आदि र स्थायी भाव क्रोध हुने, साहित्यका नौ रसमध्ये एक रस।
  2. रुद्रसम्बन्धी; रुद्रको जस्तो।
  3. डरलाग्दो; भयङ्कर; प्रचण्ड; रिसाहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)