लच्कनु

अ.क्रि. [लचक्क+नु]

  1. छेउछाउ उचालिएर माझ वा बिचको भाग झोलिनु; झुन्डिएजस्तो हुनु; नुहुनु।
  2. बोझ थाम्न नसकी निहुरिनु।
  3. जवानीले शरीरमा गहकिलोपन आएर हल्लनु; लस्कनु।
  4. कुरामा डग्न खोज्नु।
  5. धक मान्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)