लज्जा
ना. [सं.]
- मान्य जनका सामुमा पर्दा भित्रभित्रै उब्जने धक; सङ्कोच।
- अनुचित काम गर्दा, काम विफल हुँदा, शरीरका गुप्ताङ्गहरू देख्ता वा देखिँदा मुख देखाउन, कसैका सामु पर्न वा कसैका मुखमा हेर्न असमर्थ तुल्याउने मनोभाव; कुरीकुरी; सरम; लाज।
- इज्जत; प्रतिष्ठा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)