लतार्नु

स.क्रि. [सं. लता+नु]

  1. भुइँमा घस्रने गरी तान्नु; लत्र्याउनु; घिस्स्याउनु।
  2. लटपट गर्नु; लटपट्याउनु।
  3. पछार्नु; गिराउनु।
  4. घुसार्नु।
  5. घिउतेल आदिमा सागपात पकाउनु।
  6. निहुराउनु; नुहाउनु।
  7. धेरै खानु; घिच्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)