लाभ

ना. [सं.]

  1. कुनै वस्तु उपलब्ध हुने वा पाउने काम; प्राप्ति; उपलब्धि; फाइदा।
  2. वाणिज्यव्यवसाय वा उत्पादनबाट लागत खर्च कटाई बढी हुने आम्दानी; मुनाफा; नाफा।
  3. उद्योगव्यवसायअन्तर्गत उद्योगपति वा उत्पादनका स्वामीहरूसँग एकत्रित हुने श्रमिकहरूको श्रमको मूल्य।
  4. प्रत्यक्ष ज्ञान; जानकारी।
  5. भलाइ; उपकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)