लाभांश

ना.

  1. व्यापार वा संस्थान आदिको हिस्सेदारका रूपमा लगाइएको धनबाट भएको अतिरिक्त आम्दानी; लाभको अंश।
  2. सुविधाका लागि कम्पनीद्वारा भुक्तान गरिने प्रतिफल वा प्रिमियम।
  3. कार्यक्षमता वा अतिरिक्त कार्यको उत्साहस्वरूप श्रमिक आदिलाई दिइने अतिरिक्त नगदी उपहार।
  4. कम्पनी वा यस्तै कुनै संस्थाले बढी लाभ गरेपछि सेयरवालालाई निर्धारित रकमभन्दा बढी दिइने आनुपातिक रकम; बोनस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)