लिखत
ना. [सं. लिखित]
- कानुनी दृष्टिबाट रुपियाँपैसाको लेनदेन, जग्गाजमिनको सुक्रीबिक्री आदि कारोबार गर्दा लेखिएको रीतपूर्वकको कागत (तमसुक, राजीनामा, बकसपत्र आदि)।
- अक्षर, अङ्क, चिह्न आदिद्वारा अभिलेख गरिएका र मुद्दामामिलामा प्रमाणस्वरूप पेस गर्न सकिने वा प्रमाणका निम्ति लाग्ने कागजपत्र।
- दुई पक्षका बिचमा कुनै कामकुराबारे परस्पर सम्झौताका सर्तहरू लेखिएको पत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)