लिङ्गो

ना. [लिङ्ग+ओ]

  1. इन्द्रजात्रा, बिस्केटको जात्रा आदिमा परम्पराअनुसार ठड्याइने काठको लामो स्तम्भ; ध्वजा।
  2. आकाशबत्ती बाल्न कार्तिक महिनामा ठड्याइने बाँस वा लामो काठ।
  3. ठड्याइएको स्तम्भका आकारको कुनै वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)