लिटो
ना. [सं. लिक्त]
- भात नखुवाएका दुधमुखे बालकलाई खुवाउन भुटेका चामलको पिठो घिउचिनीमा पकाएर बनाइएको खानेकुरो; बालकलाई खुवाइने मनभोगका छाँटको खानेकुरो।
- पाकेर सिता जोडिएको र पस्कँदा पन्युमा टाँसिने लचेप्रो भएको गिलो भात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)