लिप्नु

स.क्रि. [सं. लिप्+नु]

  1. गोबर, माटो आदिको लेदो पदार्थ मुछेर घर, आँगन, खलो आदिमा पातलो गरी लाउनु; घरका भित्ताहरूमा गोबरमाटो मिलाएर घस्नु वा टाल्नु; पोतर्नु; पोत्नु।
  2. हिलो, फोहर आदि जताततै घस्नु।
  3. लेखाइ नराम्रो र बाक्लो पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)