लिसो

ना. [सं. श्लिषा]

  1. खोटो, तेल आदि मिलाई सूर्यपाक गरेर तयार पारिएको च्याटच्याटे पदार्थ।
  2. रुखबाट निस्कने लेसाइलो चोप; गुँद; खोटो।
  3. रुखमा मजबुतीसाथ टाँसिएर रहने एक लहरो।
  4. मन नपरीकन पनि धेरै समयसम्म बसिरहने मानिस वा वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)