लुँडो
ना.
- भाँडाकुँडा माझ्ने वा भुइँभित्ता आदि पोत्ने झुम्रो वा पराल आदिको गुजुल्टो; मस्को।
- घाँस, पराल, लुगा आदिको केही लाम्चो गुजुल्टो।
- हरिस आदिका फेदमा गुजुल्टिएको घाँस वा झार।
- आङ मल्दा निस्कने मयलको लिँड।
- पराल आदि बटारेर बनेको पोयो।
- धेरै मानिस आदिको धुइरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)