लुछ्नु
स.क्रि. [सं. लुञ्छ+नु]
- जबर्जस्ती तानेर छुट्ट्याउनु; चुँडाल्नु; चुँड्नु।
- दाँत, नङ्ग्रा आदिले चिथोर्नु; नङ्ग्र्याउनु।
- जबर्जस्तीसित लिनु; खोस्नु।
- चाम्रो वस्तु पक्रेर तान्नु; खिँच्नु।
- लाछ्नु; लछार्नु।
- भुत्ला अलग्याउनु; भुत्ल्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)