लेखा परीक्षण

ना. [सं.]

  1. आर्थिक कारोबार हुने सरकारी निकाय र सङ्घसंस्था आदिका व्यावसायिक सङ्गठनहरूको खाता तथा अभिलेख नियमबद्ध रूपले जाँच, रुजु आदि गरी हरहिसाब हेर्ने र वास्तविक आर्थिक स्थितिका सम्बन्धमा प्रतिवेदन दिने काम; अधिकृत संस्था वा व्यक्तिद्वारा गरिने त्यस्तो हरहिसाबको नियमपूर्वकको जाँचबुझ; अडिट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)