लोक
ना. [सं.]
- ब्रह्माण्डको कुनै एक भाग अथवा खण्ड; संसार; जगत्; दुनियाँ।
- पुराणअनुसार स्वर्ग, मर्त्य र पाताल तीन स्थान वा पृथ्वीसहित उँभोका भूर्लोक, भुवर्लोक, स्वर्लोक, महर्लोक, जनलोक, तपलोक र सत्यलोक सात र उँधोका अतल, सुतल, वितल, तलातल, रसातल, महातल र पाताल सातसमेत चौध भुवन।
- ग्रहमण्डल (जस्तो- सूर्यलोक, चन्द्रलोक, ध्रुवलोक आदि)।
- मुख्य देवताको निवासस्थल (जस्तो- शिवलोक, विष्णुलोक, ब्रह्मलोक आदि)।
- पुराणअनुसार, प्राणी जीवित छँदा भोग गर्ने र मरेपछि पुग्ने ठाउँ; इहलोक र परलोक।
- समान संस्कृति, भावना र सामाजिक स्थिति भएका खास भौगोलिक एकाइमा रहने मानिसको समुदाय; जनसमूह।
- वास्तु वा मूर्तिमा प्रयोग हुने अङ्गुल वा मात्राको आठ गुना बराबरको नाप; तूणी, वसु वा मूर्ति बराबरको नाप; आठ अमल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)