लोकतो
ना. [सं. लक्तक]
- जुइनाको रूपमा प्रयोग हुन सक्ने पाट आदिको त्यान्द्रोसहितको बोक्रो; कागते पाट।
- पाट, बोक्रो, छाला आदिबाट बनेको नाम्लाको पातो जस्तै लामो धरो वा डोरी।
- नेपाली कागत बनाउने एक प्रकारको घाँस।
- सुनेको नसुन्यै गरी वा भनेको नटेरी बसिरहने; चाम्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)