वरपीपल
ना. [वर+पीपल]
- वर र पीपलको रुख।
- पुण्यसञ्चयका निम्ति छहारी नभएका बाटाका छेउछाउमा रोपिने विष्णुलक्ष्मीका औतार मानिएका प्रसिद्ध दुई जातका रुख। (विष्णुलक्ष्मी सम्झेर प्रतिष्ठा गर्दा वरपीपलको बिहे गरिदिने नेपालीहरूको धार्मिक चलन छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)