वर्ग

ना. [सं.]

  1. समान दृष्टिका कुनै जाति, पेसा, वर्ण, श्रेणी, स्तर, आकारप्रकार आदिको समूह; समान धर्म, संस्कृति, भाषा आदि हुने मानिसहरूको समूह वा जमात; दल; श्रेणी; दर्जा; विभाग।
  2. एकै स्थानबाट उच्चारण हुने वर्णहरूको समुदाय। (जस्तो- कण्ठबाट क, ख, ग, घ, वर्त्सबाट च, छ, ज, झ आदि)। ४. गणितमा दुई समान अङ्क वा सङ्ख्याले गुन्ने रीति वा त्यसरी निकालिएको गुणनफल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)