वस्तु
ना. [सं.]
- कुनै पनि भौतिक अस्तित्व भएको पदार्थ; विद्यमान चिज।
- धनसम्पत्ति; द्रव्य।
- कुनै नाटक वा काव्यको कथानक वा मूलभूत अंश।
- कुनै चित्र आदिको रेखाचित्र वा मूल आधार।
- कुनै मुख्य कुरो वा सारतत्त्व।
- उत्खनन वा अन्वेषण गर्दा पाइएका पुरातात्त्विक वस्तुको छोटकरी नाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)