वहन
ना. [सं.]
- कुनै वस्तु तानेर वा बोकेर एक ठाउँबाट अर्को ठाउँमा लैजाने काम; भारी बोक्ने काम।
- अभिभारा लिने वा आश्रय दिने काम।
- प्रवाहित हुने काम; बगाइ।
- सवारी; यान; गाडी।
- डुङ्गा; नौका; नाउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)