वाग्दान
ना. [सं.]
- विवाहका निम्ति कसैलाई छोरी दिएँ भनी विधिपूर्वक बोल्ने काम; केटीको काम-कुरो छिन्ने काम।
- वरणीमा दुलहालाई फल, द्रव्य आदिको भेटीसहित कन्या दिएको कुरा बोल्ने चलन वा विधि।
- कसैलाई कुनै वस्तु नफर्किने गरी दिने वचन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)