वाद
ना. [सं.]
- तत्त्वदर्शीहरूले निश्चित गरेको कुनै विशिष्ट कुराको मत वा सिद्धान्त (जस्तै- प्रगतिवाद, भौतिकवाद, समाजवाद इ.)।
- सार कुरो पत्ता लगाउनका निम्ति गरिने तर्क; शास्त्रार्थ; विचार; बहस; विवाद।
- कथन; वर्णन।
- अदालतमा उपस्थित गरिएको अभियोग।
- निरूपण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)