वादी
ना. [सं.]
- कसैका विरुद्ध अदालतमा मुद्दा दायर गर्ने व्यक्ति; उजुरवाला व्यक्ति।
- फिरादपत्र; नालिस।
- रागमा मुख्य रूपले प्रयुक्त हुने स्वर।
- बाजा बजाउने व्यक्ति; वाद्यवादक।
- कुनै वादमा लाग्ने वा सिद्धान्तविशेषको अनुयायी (जस्तै-अध्यात्मवादी, भौतिकवादी, समाजवादी इ.)।
- कुनै कुरा बोल्ने; भन्ने।
- कलह वा झगडा गर्ने।
- न्याय माग्न जाने। स्त्री. वादिनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)