वामन
वि. [सं.]
- साह्रै होचो वा ठिँगुरिएको; बामपुड्के; बाउन्ने। ना. २. त्यस्तो मानिस। ३. दक्षिणदिशाको दिग्गज। ४. पुराणअनुसार विष्णुका दश अवतारमध्ये पाँचौँ अवतार। ५. अठार महापुराणमध्ये वामन अवतारको माहात्म्य वर्णन भएको एक पुराण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)