वायु

ना. [सं.]

  1. पृथ्वीको चारैतिर ढाकेर रहेको, आँखाले नदेखिने भए पनि स्पर्शगुण भएको, प्राणीमात्रले सास फेर्न मिल्ने एक तत्त्व; पञ्चतत्त्वमध्ये एक; पवन; हावा।
  2. हावाका अधिष्ठाता देवता।
  3. हृदयमा रहने प्राण, गुदामा रहने अपान, नाभिमा रहने समान, कण्ठमा रहने उदान र शरीरभर रहने व्यान नामका पाँच वायु।
  4. हठयोगका अनुसार षट्चक्रको अभ्यास गर्दा प्रयोगमा आउने मानवशरीरमा भएको हावा।
  5. मरेपछि काजक्रिया हुन नपाएको आत्मा; अगति परेको जीव; प्रेतात्मा; प्रेत।
  6. प्रायः बालबच्चालाई लागोको रूपमा दुःख दिइरहने, झारफुक गरेर वा दोबाटामा पूजा गरेर पन्छाएपछि निको हुने, लोकरूढि भएको अमूर्त तत्त्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)