वासलात
ना. [अ. वासिलात]
- साबिकवालाले आफूले काम गरेको मितिसम्मको स्याहास्रेस्ता र आम्दानीखर्चको स्रेस्ताले ठहर भएबमोजिम मौज्दात, बाँकी, नगदीजिन्सी जो भएको सबै लेखिदिई हालवालालाई सुम्पिन तयार पारिने कागजात; सरुवा हुने कर्मचारीले बुझबुझारथ गरिँदा लेखिदिने कागज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)