विकृत

वि. [सं.]

  1. बिग्रेको; विकार पैदा भएको; विकारयुक्त।
  2. अदलबदल भएको; हेरफेर हुन पुगेको; परिवर्तित।
  3. अस्वाभाविक; अप्राकृतिक।
  4. अधुरो; अपुरो।
  5. रूप बिग्रेको; अङ्गभङ्ग भएको; कुरूप; भद्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)