विक्रम
ना. [सं.]
- पराक्रम; बहादुरी; वीरता।
- तागत; सामर्थ्य; शक्ति।
- हिँडाइको प्रत्येक अडान; कदम।
- साठी संवत्सरमध्ये एक।
- विष्णु; ईश्वर।
- विक्रमसंवत् चलाउने प्रसिद्ध एक राजा; विक्रमादित्य।
- विक्रमादित्यले प्रचलनमा ल्याएको संवत्; विक्रमसंवत्।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)