विनायक
ना. [सं.]
- विघ्नबाधा शमन गर्ने इष्टदेवता; गणपति; गणेश।
- नाइके; मालिक; नायक; नेता।
- काठमाडौँ उपत्यकाभित्रका प्रसिद्ध चार विनायक (भक्तपुरमा सूर्यविनायक, चाबहिलमा चन्द्रविनायक, काठमाडौँमा अशोकविनायक र चोभारमा जलविनायक)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)