विनियोग
ना. [सं.]
- कुनै काममा लगाउने वा खटाउने काम; उपयोग; प्रयोग।
- कहीँ पठाउने काम; प्रेषण।
- छाड्ने काम; परित्याग।
- छुट्ट्याउने वा अलग्याउने काम; पृथक्करण।
- यज्ञ आदिमा वैदिक मन्त्र पढ्नुभन्दा पहिले मन्त्रद्रष्टा ऋषि, देवता र उद्देश्य बताई गरिने सङ्कल्प।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)