विप्रकर्ष
ना. [सं.]
- तान्ने वा घिच्च्याउने काम; अपकर्षण।
- विशेष खालको श्रेष्ठता; उम्दापन।
- अन्तर; फरक।
- स्वरपछिको संयुक्त व्यञ्जन छुट्टिई उत्तरवर्ती स्वरको आगम भएर अघिल्लो व्यञ्जनमा जोडिने काम। (जस्तो- अर्क > अरक, फर्क > फरक, पृथ्वी > पृथिवी आदि)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)