विभाग

ना. [सं.]

  1. एकएक गरी अलग्ग्याउने वा बाँड्ने काम; विभाजन।
  2. अंश; भाग; हिस्सा।
  3. पुस्तकको उपशीर्षक वा प्रकरण; अध्याय; परिच्छेद।
  4. छुट्ट्याउने वा अलगअलग पार्ने काम; पृथक्करण।
  5. शिक्षणसंस्थामा सुविधाका लागि तर्जुमा गरिएको विषयगत कार्यक्षेत्र (जस्तो- नेपाली विभाग; अङ्ग्रेजी विभाग आदि); मन्त्रालय वा अड्डाअदालतमा कामको बाँडफाँडका लागि अलग्ग्याइएको क्षेत्र (जस्तो- शिक्षा विभाग; सूचना-विभाग इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)