विवरणपत्र
ना.
- कुनै वस्तु, काम वा घटनाको विवरण लेखिएको पत्र।
- सभा, गोष्ठी आदिमा दिइने व्याख्यानमा परेका विषयवस्तुको बेहोरा लेखिएको कागत।
- सूचित गरिने कुरा वा वस्तुको केही विवरण पनि लेखिएको सूचीपत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)