विशेषण
वि. [सं.]
- सङ्ख्या, परिमाण, गुण, धर्म आदिद्वारा कुनै वस्तुको विशेषता बुझाउने वा जाहेर गर्ने (शब्द)।
- व्याकरणमा नाम वा सर्वनाम शब्दको गुण, धर्म, परिमाण, सङ्ख्या आदि जाहेर गर्ने शब्द; नाम, सर्वनामको विशेषता जाहेर गर्ने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)