विशेष प्रहरी
ना. [सं.]
- कुनै सङ्घ, संस्था, कार्यालय आदिमा कानुनको रीत पुर्याई वा नपुर्याई भ्रष्टाचार, रकमकलमको हिनामिना गरेमा वा गरेको लागेमा आवश्यक कारबाई गर्ने विशेष अधिकार भएको प्रहरी वा सोसम्बन्धी अड्डा।
- कुनै स्थानमा भएको गडबडी, अशान्ति आदिलाई नियन्त्रण गर्न नियमित रूपमा रहेका स्थानीय प्रहरीहरूबाट नपुग्ने भएमा विशेष रूपमा थप्न राखिएको प्रहरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)