विष
ना. [सं.]
- खाएमा वा कुनै किसिमले थोरै मात्रा पनि शरीरभित्र गएमा डरलाग्दो रोग वा विकार पैदा गराउने र अन्तमा ज्यानसमेत लिन सक्ने वा लिने घातक वस्तु; बिख; जहर।
- पानी।
- कमलनालको गुदी।
- स्वास्थ्य वा सुखशान्तिलाई हानिनोक्सानी पुर्याउने कुरा।
- वत्सनाभ।
- हिमालयमा पाइने एकदेखि पाँच मिटर अग्लो, चौडा, तीनखण्डे, हरिया भेट्नु भएका पात हुने, पाँचदेखि बाह्र सेन्टिमिटरसम्म चौडा र छदेखि सात सेन्टिमिटरसम्म लामा पात हुने, नील मञ्जरीका रूपमा फूल फुल्ने, भुवादार फल लाग्ने, आयुर्वेदमा कन्द विषालु मानिएको एक जातको बुटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)