विषय

ना. [सं.]

  1. ज्ञानेन्द्रियले ग्रहण गरिने पदार्थ (रूप, रस, गन्ध, स्पर्श र शब्द)।
  2. पञ्चमहाभूतबाट बनेको वस्तु वा पदार्थ; भौतिक पदार्थ।
  3. जन्मदेखि मृत्युपर्यन्त गरिने लोकसम्बद्ध व्यवहार; सांसारिक व्यवहार।
  4. इन्द्रियहरूका माध्यमबाट प्राप्त हुने आनन्द; इन्द्रियजन्य सुख।
  5. कुनै पनि विचार गरिने कुरो वा वस्तु।
  6. कुनै लेख, ग्रन्थ आदिमा विवेचना गरिएको कुरो वा प्रसङ्ग।
  7. सम्पत्ति।
  8. सीमा।
  9. उद्देश्य।
  10. बारे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)