विहङ्गम दृष्टि/विहङ्गावलोकन

ना.

  1. आकाशमा उडिरहेको चराले माथिबाट सरसरती हेर्दा तल जमिनको दृश्य देखे झैँ कुनै कामकुराप्रति मोटामोटी र सङ्क्षिप्त रूपले हेरिने क्रिया; सूक्ष्म निरीक्षण, परीक्षण नभएर सरसरती र सामान्य दृष्टि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)