वृत्ति
ना. [सं.]
- जीवननिर्वाह गर्नका निम्ति गरिने काम; जीवन धान्न अँगालिने वा लिइने पेसा; जागिर।
- जीवनको भरणपोषणको साधन; जीविका।
- जीवननिर्वाहका निम्ति कसैलाई दिइने धन; भत्ता।
- जेहेन्दार, गरीब विद्यार्थीहरूलाई अध्ययनकालमा सहायतास्वरूप दिइने रकम।
- कुनै काम गरेबापत पाइने धन; पारिश्रमिक; ज्याला; मजदुरी।
- चालचलन; आचरण।
- कुनै पद, वाक्य वा ग्रन्थको अर्थ स्पष्ट हुने गरी गरिएको व्याख्या; टीका।
- व्याकरण, दर्शन आदि सूत्ररूपमा रहेका अर्थगर्भित छोटो वाक्यको अर्थ खुलस्त पार्ने वाक्य।
- सोझै र घुमाउरो किसिमले अर्थ बुझाउने शब्दको शक्ति (अभिधा, लक्षणा र व्यञ्जना)।
- रससुहाउँदो रूपमा वर्णको योजना तथा अर्थको गुम्फन गरेर काव्यको रचना गरिने शैली (कैशिकी, भारती, सात्वती र आरभटी)।
- परुषा, कोमला र उपनागरिका- यी तीन वर्णगत वृत्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)