वृद्ध

वि. [सं.]

  1. धेरै उमेर भएको; बुढो।
  2. विद्या, अनुभव आदिले परिपक्व।
  3. धेरै पहिलेको; पुरानो।
  4. वृद्धि भएको; बढेको।
  5. जम्मा भएको; थुप्रिएको।
  6. उमेरले बुढो भएको मानिस।
  7. विद्या, अनुभव आदिले परिपक्व भएको मानिस; बुढोपाको व्यक्ति।
  8. छरछिमेकको प्रतिष्ठित पाको पुरुष; मान्यजन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)