वेद

ना. [सं.]

  1. आर्यहरूका धर्म, संस्कृति, आध्यात्मिक ज्ञान आदिका मूल स्रोत मानिएका, सर्वप्राचीन र सर्वाधिक मान्य आर्यग्रन्थ; श्रुति; आम्नाय; छन्दस् (ऋक्, यजु, साम र अथर्व- यी चार वेद प्रसिद्ध छन्)।
  2. ज्ञान।
  3. ईश्वर।
  4. अङ्गुलको चार गुना बराबरको नाप; चार अमल बराबरको नाप; चार अङ्गुल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)